समाचार

प्रदेश १ मा थप २३ कोरोना सङ्क्रमित

corona

२६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा मोरङमा १० मध्ये विराटनगरमा आठ, सुनसरीमा चार, झापामा दुई, भोजपुर, उदयपुर, सङ्खुवासभा, तेह्रथुम र इलाममा एक/एक तथा प्रदेश बाहिरका दुई जना रहेको मन्त्रालयको भनाइ छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ९९६ पुगेको छ भने अहिलेसम्ममा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार २४७ रहेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित ७४९ जना छन् । अहिलेसम्ममा प्रदेशमा दुई लाख ११ हजार ९८४ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस