२७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा र आधुनिक नेपालको निर्माणमा पृथ्बीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन् ।
ओलीले आज पुस २७ गते परेको पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्तिको अवसरमा उनको विशिष्ठ योगदानको स्मरण गरेका हुन् ।
‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु,’ ओलीले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस