२७ पुस, काठमाडौं । प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या अहिलेसम्म ३० हजार नाघेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना संक्रमित थपिएसँगै पोजिटिभको संख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक/एकजनामा सङ्क्रमण देखिएका छन् । प्रदेशमा सोही अवधिमा ८० जना सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ ।
हालसम्म निको हुनेको संख्यामा २९ हजार ३२७ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस