समाचार

नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

motorcycle chori

२८ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार बिहान १ः३० मा महानगरीय ट्राफिक प्रहरीले धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र सोही स्थानका १८ वर्षीय आइतराज तामाङलाई पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका व्यक्तिहरुको गोप्य सूचनाको आधारमा नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नम्बर प्रदेश ३–०२–०१४ प ०३३९ रहेको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले बताए ।

अधिकारीका अनुसार मोटरसाईकल र पक्राउ परेका अभियुक्तसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस