२८ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा कोठा भाडामा लिएर चोरीमा संलग्न रहेको गिरोहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट १४ वटा मोटरसाइकलसहित एकथान स्कुटर पनि बरामद गरिएको छ । पक्राउ पर्नेमा इलामका क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका रोशन वुढाथोकी, रोशन गिरी, राजेश गिरी, मनिष गिरी, पाँचथरका रोशन भनिने पाशाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बू रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनिले चोरी भएका सवारी साधन खोजी गर्नका लागि सञ्चालन गरेको ‘अपरेशनल हन्ट’ मा झापा लगायतका स्थानबाट प्रहरीले सवारीसाधनसहित चोरी गर्ने व्यक्तिहरु पक्राउ गरेको रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस