२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताएका छन् । प्रचण्ड माधव पक्षले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ । केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौं’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन अझै आक्रमक खालको छ । हामीले यसलाई परिवर्तनसँग जोड्नुपर्ने समय आइसकेको छ ।’
जनताको भरोसालाई लिएर समाजवादको बाटो कोर्ने तयारी गरिरहेको उनले बताए । ‘केपी ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर गएको म नै हो । वाम गठबन्धनबाट निर्वाचनमा जाने र निर्वाचनपछि पार्टी एकता गर्ने प्रस्ताव मैले गरेको हुँ’ उनले भने, ‘मैले पार्टी एकताको प्रस्ताव लगेपछि आफू सकारात्मक भएको बताएका थिए ।’