सूचना प्रविधि

घरबाटै सरकारी सेवा दिन ‘नागरिक एप्स’ सार्वजनिक

nagrik apps beta

२ माघ, काठमाडौं । सरकारले नागरिकहरुका लागि मोबाइल एप सार्वजनिक गरेको छ ।

सरकारले डिजिटल सेवा उपलब्ध रहेका एप सार्वजनिक गरेको हो । एप्स उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘एकै ठाउँबाट सबै प्रकारका सरकारी सेवा लिन सकिने परिकल्पनालाई साकार पारेको छ ।’

स्थानीय तहदेखि केन्द्र स्तरका सबै सरकारी सेवा यस एपमा समेटिएको बताइएको छ । ओलीले भने, ‘आगामी दिनमा नागरिकले झन्झट र दुःख झेल्नु नपर्ने गरी सवारी कर, लाइसेन्स, प्यान, लोकसेवा,  मालपोतलगायतका सेवा आफ्नै मोबाइलबाट प्राप्त गर्ने गरी  एप्सको विकास भएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस