४ माघ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संसद् विघटन नयाँ, ताजा जनादेशका लागि भएको दोहोर्याएका छन् । नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले विघटनलाई राजनीतिक वैधता दिने प्रयास गरेका हुन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्, “प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको हो ।”
उनले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम नयाँ युगतर्फको यात्रा भएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस