४ माघ, सुर्खेत । सुर्खेतको बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । तालमा जरायो फसेको देखेपछि स्थानीयले डिभिजन वनको टोलीलाई खबर गरेका थिए । गएरातिदेखि नै जरायो उक्त तालमा फसेको हुन सक्ने अनुमान गरिएको छ ।
डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलका अनुसार करिब ३ बर्षको जरायोको तालबाट उद्दार गरिएपछि कार्यालयमै राखेर उपचार गर्ने काम भइरहेको छ । उपचारपछि निको भएमा उक्त जरायो काँक्रेबिहार संरक्षित क्षेत्रमा छाडिने रावलले बताए। काँक्रेबिहार संरक्षित क्षेत्र जरायोको बासस्थानका रुपमा पनि रहेको छ ।
वन अधिकृत रावलका अनुसार जरायोको टाउकोसहित तीन ठाउँमा घाउ भएको छ । तार बारमा ठोकिएर घाउहरु भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस