५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ३०६ जनामा गरिएको परीक्षणमा सोमबार थप ३२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस