५ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये काठमाडौंका १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस