समाचार

ओलीलाई प्रचण्ड–माधव समूहको तीन दिनभित्र स्पष्टीकरण दिन पत्र

kp oli

५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेकपा प्रचण्ड–माधव समूहका नेताहरूले केपी शर्मा ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएकोे छ ।

त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएका छन् ।

नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधिएको छ ।

oli parstikaran

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस