Advertisement

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो । सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ ।

सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।