डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

६ माघ, डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा  आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएका र  घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।