७ माघ, काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले झापाको बिर्तामोडमा म्याक परिवारको उद्धघाटन गरेको छ ।
नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्राली र ग्यालेक्सी अटो प्रालीको संयुक्त आयोजनामा म्याक लुब्रिकेन्ट म्याक परिवारको उद्धघाटन गरिएको हो ।
म्याक परिवारको उद्देश्य म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुलाई एकै ठाउँबाट सुविधा दिनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक इन्स्योरेन्स, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, लुब्रिकेन्ट सम्बन्धी ब्रोशर/बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस