९ माघ, काठमाडौं । चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बाँडफाँट गर्ने गर्न लागिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो । यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ ।
हाल यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जना आवेदकले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन् । कुल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्न सक्छन् । केवलकार सेवा प्रदायक क्षेत्रमध्ये पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरिले यसअघि चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने सेयर स्थानीयवासीका लागि वितरण गरिसकेको छ ।