९ माघ, काठमाडौं । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।
कृषि बिकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।
त्यसपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शूल्क भुक्तानी गर्न सकिने बताइएकाे छ । कृषि बिकास बैंकले विभिन्न पदमा चार सय कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस