समाचार

दाङमा कुटेर जेठानीको हत्या गर्ने ४४ वर्षीया देउरानी पक्राउ

Death Body

११ माघ, दाङ । कुटपिट गरी आफ्नै जेठानीको हत्या गरेको अभियोगमा दाङ प्रहरीले १ जना महिला (देउरानी)लाई पक्राउ गरेको छ ।

तुलसीपुर मोतिपुरका ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस