११ माघ, काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
त्यस्तै, यो अवधिमा ४०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस