११ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ५० अंकले बढेको छ । आइतबार ५०.२१ अंकले वृद्धि भइ २ हजार ४ सय २४ दशमलव ८४ अंकमा पुगको हो । यो दिन कुल ९ अर्ब ३७ करोडको कारोबार भएको थियो ।
यो दिन टेलिकम रहेको अन्य समूह ५.६९ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र हाइड्रोपावर समूह पनि २ प्रतिशत भन्दा माथि वृद्धि देखिएको छ । व्यापारमूलकबाहेक अरु सबै समूहको मूल्यमा वृद्धि देखिएको छ । सबै परिसूचक वृद्धि भए पनि समग्र बजारमा उच्च उछाल आउनुको कारण भने टेलिकमको मूल्यमा भएको बढोत्तरी नै हो ।
आइतबार एकैदिन बजार पुँजीकरणमा ६८ अर्बको वृद्धि हुँदा नेपाल टेलिकमको पुँजीकरण मात्रै ८ अर्बले बढेर २ खर्ब रुपैयाँ नाघेको छ । आइतबार पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने अरु ११ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
सबैभन्दा बढी मूल्य भने नारायणी विकास बैंकको करिब १० प्रतिशतले घटेको छ । आज कारोबार भएका १ सय ७६ कम्पनीमध्ये १ सय १९ कम्पनीको मूल्य बढेको छ । आजको अन्तिम कारोबारका आधारमा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब पुगेको छ ।