१२ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १२६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस