१२ माघ, काठमाडौं । नेपाल पक्षका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले बाटोमा जसलाई देख्यो उसैलाई गाली गर्दै हिँड्न थालेको टिप्पणी गरेका छन् ।
सोमबार रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले ओली ‘कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने’ भन्दै भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘ओलीले अदालतलाई गाली गरेका छन्, वलिकलाई गाली गरेका छन्, मिडियालाई गाली गरेका छन्, डाक्टरलाई गाली गरेका छन्,जसलाई देख्यो उसैलाई गाली गर्दै हिँडेका छन् ।
ओली सरकार काम चलाउ नै भएपनि प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसँग निहुँ खोज्दै नहिँड्न उनले सुझाव दिए ।

