समाचार

ट्राफिक प्रहरीद्वारा चोरीका २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

traffic police handover bike

१२ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ। महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो ।

दिनेश थापा मगर, नवीन गुरुङ, सुरज गिरी, विशाल राई, तीर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर,  शिवराम ढकाल, मन्दिप राई, ईश्वगरी लामिछाने, सर्वज्ञ खड्का, विधान राई, शंकरप्रसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसा दराजथला, नुर्बु शेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार विक, धालबहादुर कार्की, थानेश्वदर पोखरेल, सुनिता प्याकुरेल र विक्रम महर्जनलाई हराएको मोटरसाइकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस