१३ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणको कारण देशभर थप ६ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ अजार १७ पुगेको छ ।
यो अवधिमा देशभर थप ३०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको । त्यस्तै, मंगलबार २८५ जना कोरोनामुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस