समाचार

कोभिड-१९ विरुद्धको खोप अभियानः आज १२ हजारलाई लगाइने

covid vacine

१४ माघ, काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएका थिए । राष्ट्रपतिको शुभकामना सन्देशमा कोभिड–१९ विरुद्धको खोप अभियान सफल पार्न सवै क्षेत्रका मानिसहरुको सहभागिता अनिवार्य भएको महसुस गरेको उल्लेख छ ।

पहिलो खोप शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारी र दोस्रो डा अनुप बाँस्तोलाले लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गरिसकेका छन् । काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र बनाइएको छ । आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस