समाचार

गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइट प्रयोग गरिने

traffic light

१५ माघ, काठमाडौं । काठमाडौंको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो । बिहीबार सनराइज बैंक लिमिटेडले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ ।

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताए । पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस