१५ माघ, काठमाडौं । नेपालमा बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको परीक्षण मा गत २४ घण्टामा २१३ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ।
यो अवधिमा देशभरबाट २९६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस