समाचार

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

padhma aryal

१५ माघ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् ।

अखिल नेपाल महिला संघ काभे्रले आज (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताइन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछी केपी ओलीलाई हटाउन लागेका हुन् ।’

प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनकाविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडी बढेको उनको भनाई थियो । आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरिपनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन्  । वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस