१५ माघ, पोखरा । पोखरामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार पोखराका २ छुट्टाछुट्टै स्थानमा २८ र ५५ वर्षका पुरुष मृत फेला परेको हुन् ।
पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा सोही स्थानका ५५ वर्षका दधिराम मृत अवस्थामा फेला परेको हाे । त्यस्तै पोखरा महानगरपालिका–२४ का २८ वर्षिय विरञ्जन तिमिल्सिनाको पोखरीमा डुबेकाे अवस्थामा भेटिएको प्रहरीले जनाइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेकाे प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस