१६ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।
नेपाल अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्ः ‘गत वर्ष मात्रै सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा सहितको टोलीले हालसम्म कोही नपुगेको विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गरेका छन् । सर्वाधिक चिसो मौसममा पनि साहासका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु ।’
शाहले त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रष्ठिामा बृद्धि भएको सुखद अनुभूति आफुले गरेको बताएका छन् ।