१६ माघ, कास्की । पोखराबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३०, गगनगौंडाबाट उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
धादिङको साविक फुलखर्क गाविस–८ स्थायी घर भई हाल पोखरामा बस्दै आएका दीपक थापा र पोखरा २१ का सन्तोष सुवेदीलाई प्रहरीले गगनगौंडामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
प्रहरीले उनीहरुका साथबाट ग१७प ५५८४ नम्बरको स्कुटरसहित डाइजापाम ३७ एम्पुल, फेनरगन ३७ एम्पुल, आइबुनर्फिन(नुफ्रिनर) ३७ एम्पुल सहित १ सय ११ एम्पुल लागुऔषध बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस