१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विरोधसभाको आयोजना गरेको छ । धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि विरोधसभाको आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ ।
विरोधसभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोधसभालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार धनगढी पुगिसकेका छन् भने प्रचण्ड शनिबार बिहान धनगढी अवतरण भइसकेका छन् ।
यस्तै प्रदेश इन्चार्ज भीम रावलले पनि विरोधसभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ । विरोधसभा सुरु हुनुपूर्व धनगढी चौराहदेखि खुलामञ्चसम्म र्याली समेत निकालिने बताइएको छ । विरोधसभामा ५० हजारको जनसहभागिता हुने प्रचण्ड–नेपाल समूहको दाबी छ ।
प्रचण्ड–नेपाल समूहले विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।