समाचार

६५ रुपैयाँमा खाना खान पाइने रेस्टुरेन्ट खुल्यो

65 rs khanna

१७ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस