बलिउड / हलिउड

केजीएफ च्याप्टर २ को रिलिज मिति तय

kgf chapter 2 full movie

१८ माघ, काठमाडौं । यश स्टार दक्षिण भारतीय फिल्म केजीएफ च्याप्टर २ को रिलिज मिति तय भएको छ । शुक्रबार एक पोस्ट जारी गर्दै फिल्म निर्माता टिमले यसको जानकारी दिएको हो । अब यो फिल्म १६ जुलाइ २०२१ मा रिलिज हुनेछ ।

प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्ममा यशका अलावा संजय दत्त, रविना टण्डन, श्रीनिधी शेट्टी, प्रकाश राज र माल्भिका अविनाशको पनि अहम भूमिका छ । पहिले यो फिल्म अक्टोबर २०२० मा रिलिज गर्ने तय थियो तर कोरोनाभाइरसका कारण लकडाउन भएपछि सिनेमाघार र फिल्म निर्माणको काम बन्द थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस