समाचार

म्यानमारको सैन्य ‘कू’बारे काँग्रेस: ‘प्रतिगमनविरुद्ध छौँ, देश होस् या परदेश’

bishwo prakash sharma

१९ माघ, काठमाडौं । म्यानमारमा आज (सोमबार) राष्ट्रपतिसहित सत्ताधारी दलका नेताहरूहरूलाई नियन्त्रणमा लिँदै सेनाले राज्यसत्ता कब्जा गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो देशमा भएको प्रतिनिधि सभा विघटनलाई समेत जोड्दै घटनाको विरोध गरेका छन् ।

प्रवक्ता शर्माले म्यानमारमा गरिएको सैनिक ‘कू’ विरुद्ध विश्व समुदायले नै संघर्ष गर्न जरुरी रहेको बताएका छन् ।

‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी, निर्वाचन निष्क्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय,’ कांग्रेस प्रवक्ता शर्माले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यद्यपि रोहिङ्या समुदायमामथि सुकी सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो। तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो । हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस