बैँक / वित्त

महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट

nepal sbi mervhant

१९ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरीराख्ने लगायत सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष गरेका छन् । उक्त कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण सेयरधनीहरुलाई जानकारी गराइने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस