१९ माघ, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्ने क्रममा ओमानबाट पनि सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको हो ।
ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेञ्ज कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकनेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोडर्न एक्सचेञ्जका प्रबन्ध निर्देशक हर्मुज्दा बी दाभारले हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस