१९ माघ, काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच समझदारी भएको छ ।
संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस