Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

राष्ट्रपति परिवर्तनले एमसीसीसम्बन्धी सम्झौतामा कुनै फरक पार्दैन : अमेरिकी राजदूत

२० माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदान लगायतका विषयमा राष्ट्रपति परिवर्तनले असर नपर्ने र नयाँ राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि यी विषयले निरन्तरता पाउने बताएका छन् ।

उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको लागि राजनीतिक एकाइ नभई विकास र लगानीसम्बन्धी एकाइ भएकोले राजनीतिक संक्रमणले यसलाई कुनै असर नपार्ने बताए । ‘अमेरिकामा राष्ट्रपति परिवर्तनले एमसीसीसम्बन्धी सम्झौतामा कुनै फरक पार्दैन,’ उनले भने ।

उनले नेपालमा अमेरिकाको उपस्थिति खास गरी विकास अजेन्डामा रहेको बताए । राजदूत बेरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई आन्तरिक विषय भन्दै त्यसमा प्रतिक्रिया जनाउन अस्वीकार गरे । ‘यहाँका राजनीतिक दलहरु सार्वभौम संस्था हुन् र नेपाल सार्वभौम मुलुक हो । नेकपाभित्रको घटना हाम्रो सरोकारको विषय होइन । किनभने यो पार्टीको आन्तरिक विषय हो,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

पत्रपत्रिका