समाचार

आगलागीबाट ताप्लेजुङमा पाँच घर जले

taplejung aago

२० माघ, काठमाडौं । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार जननका घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन्।

आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ । घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस