२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले बिहीबार आम हड्ताल गर्ने भएको छ । देशभर आन्दोलनलाई थप सशक्त बनाउन बिहीबार आम हड्ताल गर्ने भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए ।
उनका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस