समाचार

काठमाडौं उपत्यकामा थपिए ५५ जनामा कोरोना संक्रमित

Corona Kathmandu

२१ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ३, ललितपुरमा ८ र काठमाडौंमा ४४ जना रहेका छन् ।

बुधबार देशभर तीन हजार ५९७ नमुना परीक्षण हुँदा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

त्यस्तै, यो अवधिमा २०६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस