२६ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ ।
बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको घर बुटवल चाँदबारी भएको खुलेको छ ।
पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको कलाकार किशोर थापा मगरले जानकारी दिए ।
उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस