२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता झलनाथ खनालले आगामी दुईवर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् ।
काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै ब्यङ्ग्य गरेका छन् ।
“मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस