२९ माघ, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई बिहीबार मध्यान्ह बानेश्वरस्थित घरबाटै पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।
प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो । उनलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्ड–नेपाल पक्षसहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । यस्तै केपी ओली नेतृत्वको सरकारको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस