३० माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ । त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस