३० माघ, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् ।
उनीहरुले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।
सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् । उनीहरुले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । अहिले किस्ट अस्पतालले जोशी दम्पतीको निःशुल्क हेरचाह गरिरहेको छ ।
सय वर्ष उमेर नाघेर बाँचेको मानिसको शरीरको अवस्था कस्तो हुने रहेछ भन्ने जानकारीका लागि पनि आफूले यो निर्णय गरेको जोशीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस