३० माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली आसपासमा शुक्रबार राति भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । केन्द्रका अनुसार ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको छ ।
यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।
Earthquake of Magnitude:6.3, Occurred on 12-02-2021, 22:31:33 IST, Lat: 38.00 & Long: 73.58, Depth: 74 Km ,Location: 285km ENE of Fayzabad, Afghanistanfor more information https://t.co/PxX3VNYiFY @ndmaindia pic.twitter.com/2F8ndn7p5v
— National Center for Seismology (@NCS_Earthquake) February 12, 2021