१ फागुन, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो । घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ ।
घटनाको प्रमाण नष्ट
बालिको मृत्यु रहस्यमय देखिन्छ । चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ । ’बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवाबबाट पनि घटना घटाइएको प्रष्टिन्छ’ मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन् । बहिनिको मृत्युपछि आमाबुबालाई पनि डरत्रास र धम्की दिइएको छ ।
मृतक बालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउनेभन्दा पनि भारतका घरबेटीलगायत उनका आफन्तहरुले मानेनन् । बालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्णबहादुर सोनीले भने उल्टै घरबेटीले अर्कोदिन कोठा खाली गराए । खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए । पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो । सोनीले थपे ’स्थानियको दबाबले आफूहरु निरिह बन्नुपर्यो । प्रमाणहरु राख्न पाएनौ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
'