१ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गरेका छन् ।
उनले आज बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गरेका हुन् ।
उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने ? हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’ त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने, ‘हामी प्रत्यक्षतर्फ बहुमत ल्याउँछाै । घटाएर देखाउनुहोस् । किन निर्वाचनसँग डराउनुहुन्छ ?’
प्रतिक्रिया दिनुहोस